प्रचण्ड निवासमा ओलीनिकटका नेताः के भयो छलफल ?

काठमाडौंः नेकपामा शक्ति संघर्ष चुलिँदै जाँदा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूलाई भेटेका छन् ।

प्रधानमन्त्रीसमेत रहेको नेकपा अध्यक्ष ओलीनिकट नेताहरूलाई प्रचण्डले बिहीबार बिहान आफ्नो निवास खुमलटारमा भेटेका हुन् । बैठकमा ओलीनिकटका उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेलसहित स्थायी कमिटीमा प्रतिनिधित्व गर्ने नेतालाई सहभागि थिए ।

याे पनि पढ्नुस  ‘विश्व शान्तिको चाहनामा तड्पिरहेका बेला बुद्धका सन्देशहरू बढी सान्दर्भिक’ (भिडियो)

प्रचण्डले ओलीनिकट नेतासँगसमेत छलफल गरेर सर्वसम्मतिका लागि मनाउने कोसिस गरेका हुन् । बैठकमा पार्टी विवाद निरूपणका विषयमा छलफल भएको छ । बैठकले के निष्कर्ष निकाल्यो भन्ने कुरा खुलिसकेको छैन ।

मंगलबारको नेकपा स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेको थियो । त्यसपछि शुरू भएको शक्ति संघर्ष गुटगत भेलामा परिणत भएको छ ।

याे पनि पढ्नुस  पार्टी एकताको पक्षमा पहल गर्दा विरोधीहरूले प्रपोगाण्डा फैलाएः प्रचण्ड सचिवालय

बुधबार बिहानै बालुवाटारमा ओलीले आफ्ना गुटका नेताको भेला गरेपछि साँझै प्रचण्ड–माधव नेपाल समूहले झम्सिखेलमा छलफल गरेको थियो । झम्सिखेल भेलाले ओलीलाई राजीनामाका लागि मनाउने जिम्मेवारी प्रचण्डसहित सचिवालयका नेतालाई दिएको छ ।

आजै बिहान ११ बजे स्थायी कमिटीको बैठक पनि बस्दैछ ।

कमेन्ट गर्नुहोस्