ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के होला निर्णय ?

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १२ बजे ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि ओलीले विभिन्न विकल्पबारे छलफल गरिरहेका छन् ।

आकस्मिक बोलाइएको बैठकमा ओलीले केही महत्वपूर्ण निर्णय लिनसक्ने अनुमान गरिएको छ । बैठकले के निर्णय गर्ला भनेर धेरैले चासो व्यक्त गरिरहेका छन् ।

याे पनि पढ्नुस  नेकपा विवादः एकता जोगाउन दोस्रो तहका नेता सक्रिय, गरे यस्तो निर्णय

आजै बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक पनि बस्दैछ ।

विवाद श्रृखला

मंगलबारको नेकपा स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपामा शक्तिसंर्घष शुरू भएको छ ।

बुधबार बिहानै बालुवाटारमा ओलीले आफ्ना गुटका नेताको भेला गरेपछि साँझै अर्को अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले झम्सिखेलमा छलफल गरेको थियो । झम्सिखेल भेलाले ओलीलाई राजीनामाका लागि मनाउने जिम्मेवारी प्रचण्डसहित सचिवालयका नेतालाई दिएको छ ।

याे पनि पढ्नुस  भिडियो कन्फ्रेसमार्फत् चेकपोस्ट उद्घाटन, मोदीलाई नेपाल भ्रमणको निम्तो

नेकपामा शक्ति संघर्ष चुलिँदै जाँदा प्रचण्डले ओलीनिकट नेताहरूलाई बिहीबार बिहान भेटिसकेका छन् ।

प्रचण्ड निवासमा ओलीनिकटका नेताः के भयो छलफल ?

कमेन्ट गर्नुहोस्