सरकारले निर्णय गरेको डेढ घण्टामै राष्ट्रपति भण्डारीको पत्र संसदमा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यको पत्र सचिवालयमा २ बजेअघि नै पठाएको हो। जबकी मन्त्रिपरिषद्को १२ बजेका लागि डाकिएको बैठक साढे १२ बजे सुरू भएको थियो।

उक्त बैठकले राष्ट्रपति समक्ष संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

याे पनि पढ्नुस  राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेशः के–के भए प्रगति ?

सामान्यतयाः संसदको अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिको कार्यालयको पत्र संसदमा पढेर सुनाउने गरिएको थियो। त्यस्तो पत्रमा राति १२ बजेटबाट अधिवेशन अन्त्य भएको उल्लेख हुन्थ्यो । तर, यसपटक मन्त्रिपरिषद्ले नै साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजा एवं दर्शन

नेकपाका सचिवालय सदस्यहरूले आकस्मिक रूपमा संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत् दल फुटाउने कानुन ल्याउने तयारी गरिरहेको आरोप लगाएका छन् ।

यसअघि पनि प्रधानमन्त्रीले दल फुटाउन मिल्ने गरी अध्यादेश ल्याउन सिफारिस गरेको केहीबेरमै राष्ट्रपतिले जारी गरिदिएकी थिइन्।

याे पनि पढ्नुस  राष्ट्रपतिसँग छलफल गर्न प्रचण्ड शितल निवासमा

राष्ट्रपति भण्डारीको पत्र आउँदा राष्ट्रिय सभाको बैठक चलिरहेको थियो। अधिवेशन अन्त्यको सूचना आएपछि राष्ट्रिय सभाको दोस्रो बैठक बोलाइएको छ।

दोस्रो बैठकमा अधिवेशन अन्त्यको जानकरी दिने तयारी भैरहेको राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्