स्थायी कमिटी बैठक रोकेर परामर्शमा जुटे नेकपाका ५ नेता

काठमाडौं : बालुवाटरमा जारी स्थायी कमिटी बैठक रोकेर नेकपाका ५ जना नेता पार्टीभित्र चर्किएको विवाद मिलाउन परामर्शमा जुटेका छन् ।

पार्टी अध्यक्ष प्रचण्ड, नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र विष्णु पौडेल परामर्शमा जुटेका हुन् ।

अहिले उनीहरूबीच पार्टीभित्र उत्कर्षमा पुगेको विवादलाई कसरी टुङ्याउने भन्ने विषयमा छलफल चलिरहेको छ ।

याे पनि पढ्नुस  नेकपा स्थायी कमिटी बैठकः के गर्ला ठोस निर्णय ?

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले केही दिनअघि दिएको भारतविरोधी अभिव्यक्तिसँगै नेकपाभित्र अन्तरविरोध चुलिएको छ ।

ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र पार्टीभित्रैबाट चलखल भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्ड, नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरूले ओलीको चर्को आलोचना गरेका थिए ।

कमेन्ट गर्नुहोस्