आज ४७३ जनामा कोरोना, एकैदिन ६६४ ले जिते कोरोना

काठमाडौं : नेपालमा आज ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १४ हजार ५ सय १९ पुगेको छ । त्यस्तै आज एकै दिन ६ सय ६४ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

कमेन्ट गर्नुहोस्