काठमाडौंमा २८ सहित उपत्यकामा थपिए आज ३२ संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा आज ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

काठमाडौंका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १७ महिला ११ पुरुष गरी २८ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा कोरोना संक्रमितको संख्या ३५ पुग्यो, को कहाँ छन् ?

त्यस्तै भक्तपुर र ललितपुरमा पनि २र२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पछिल्लो दिनमा उपत्यकामा लगातार संक्रमितको संख्या बढिरहेको छ । बुधबार उपत्यकामा १७ जनामा कोरोना पुष्टि भएको थियो ।

देशरभर आज ४ सय ७३ जनामा कोरोना पुष्टि

याे पनि पढ्नुस  भारतबाट आएकाहरू क्वारेन्टाइनमा बस्नुको साटो तास र मदिरामा मस्त !

नेपालमा आज ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १४ हजार ५ सय १९ पुगेको छ । त्यस्तै आज एकै दिन ६ सय ६४ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

याे पनि पढ्नुस  सार्क आपतकालीन कोषमा नेपालको योगदानको मोदीले गरे प्रशंसा

अहिलेसम्म नेपालमा कोरोनाबाट ३१ जनाको मृत्यु भएको छ । आज म्याग्दीका ४५ महिने शिशुको ज्यान गएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो ।

कमेन्ट गर्नुहोस्