नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार ४९ दिने शिशुको मृत्यु भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो ।

मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

याे पनि पढ्नुस  को हुन् सोमबार थपिएका ३१४ संक्रमति ?

म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनका आमा, बुवा र फुपूको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ ।

शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार मात्र जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको हो ।

याे पनि पढ्नुस  काठमाडौंमा संक्रमितको संख्या ३४ पुग्यो

संक्रमित हुनेमा प्रदेश १ मा ६३६, प्रदेश २ मा ३९०९, बागमती ५०५, गण्डकी १ हजार ०८४, प्रदेश ५ मा ३ हजार ८५३, कर्णाली प्रदेशमा १ हजार ५१२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २० जना रहेका छन् । हालसम्म कोरोना जित्नेको संख्या ५ हजार ३२० पुगेको छ ।

कमेन्ट गर्नुहोस्