एकतालाई सुदृढ गर्न अन्तिम अवस्थासम्म छलफल गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टी एकतामा संकट आएको बताएका छन् ।

‘एकताको संकट भनेको पार्टी एकतामा खतरा भन्ने हो’, बिहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै श्रेष्ठले भने, ‘पार्टी एकताको रक्षा गर्नुपर्छ र एकतालाई सुदृढ गर्न अन्तिम अवस्थासम्म छलफल गर्नुपर्छ।’

याे पनि पढ्नुस  मोदीलाई नारायणकाजीको आग्रहः ‘मुक्तिनाथसँग आशीर्वाद लिनुस्, नेपालको लिनु हुँदैन भनेर निर्णय गर्नुस्’

मन्त्रिपरिषद् निर्णयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान अध्यक्षद्वय केपी ओली र प्रचण्डको सहमति विपरित संसदको चालू अधिवेशन अन्त्य गरेको भन्दै बैठकमा छलफल भएको थियो । नेताले प्रश्न गरे लगत्तै प्रचण्डले प्रधानमन्त्रीसँग बुझ्दा यो निर्णयले केही नहुने प्रतिक्रिया दिएका थिए । अध्यक्ष ओलीको यो प्रतिक्रिया लगत्तै प्रचण्ड राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका थिए ।

याे पनि पढ्नुस  नेकपामा पूर्वसमूह भन्ने नै छैनः प्रवक्ता श्रेष्ठ

जवाफमा राष्ट्रपतिले कुनै अध्यादेशको तयारी नभएको प्रष्ट पारेको जानकारी बैठकमा प्रचण्डले गराएको प्रवक्ता श्रेष्ठले पत्रकारसँग बताए।

आजै अधिवेशन अन्त्यको निर्णय भए पनि राष्ट्रपति र प्रधानमन्त्रीले अहिले अध्यादेश नआउने जानकारी गराएको प्रचण्डले बैठकमा बताएको श्रेष्ठको भनाइ छ।

‘बैठकमा चालु बजेट अधिवेशन किन आजै अन्त्य भयो भनेर प्रश्न उठेका छन् । यसले पार्टी एकतामा खतरा आयो’, प्रवक्ता श्रेष्ठले भने, ‘तर संकटबाट पार्टी जोगाउनुपर्छ । त्यसका लागि अध्यक्ष एवम् प्रधानमन्त्री र अध्यक्ष कमरेड प्रचण्डले छलफल गर्नुहुनेछ ।’

कमेन्ट गर्नुहोस्