१० हजार घुससहित कार्यालय सहयोगी पक्राउ

हेटौंडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा १ जना कार्यालय सहयोगीलाई पक्राउ गरी अनुसनधान प्रक्रिया अगाडि बढाइएको छ ।

विशेष सूचनाका आधारमा उक्त आयोगको कार्यालयबाट खटिएको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाराका कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट १० हजार घुस रकमसहित पक्राउ गरिएको आयोगको कार्यालयले जनाएको छ ।

याे पनि पढ्नुस  कांग्रेसको अवरोधपछि संसद बैठक आइतबारसम्म स्थगित

होटल सञ्चालनका लागि अनुमतिपत्र बनाई दिन सहयोग गर्ने भन्दै कार्यालय सहयोगी चौधरीले उक्त रकम मागेकाले उनलाई रङ्गेहात पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका कार्यालय सहयोगी चौधरीलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौं पठाइने तयारी भइरहेको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्