लकडाउनमा घुम्न गएका न्यूजिल्याण्डका स्वास्थ्य मन्त्रीद्वारा राजीनामा

वेलिङटन : न्यूजिल्याण्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले राजीनामा दिएका छन् । उनले राजीनामा दिएकोबारे प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले बिहीबार जानकारी गराएकी हुन् ।

लकडाउनको नियमविपरीत आफ्ना परिवारसँग समुन्द्री किनारा ‘बिच’मा घुम्न गएपछि उनको चर्को आलोचना भएको थियो।

उनले राजीनामा दिँदै पद नछाडि कामलाई निरन्तरता दिए सरकारले कोरोनाभाइरसविरूद्ध गर्दै आएको काममा असर पर्ने बताए ।

याे पनि पढ्नुस  अष्ट्रेलियाको डढेलोको मुस्लो न्यूजिल्याण्डसम्म पुग्यो

यसअघि पनि उनले लकडाउन उल्लंघन गरेको भन्दै आलोचना भएको थियो । लकडाउनको सुरू (अप्रिल महिना) मै उनी आफ्नो परिवारसँग २० किलोमिटर पर रहेको ‘बिच’मा गएका थिए। सँगै माउन्टेन बाइकिङ पनि गएका थिए।

उनले पहिला नै राजीनामाको प्रस्ताव राखे पनि महामारीको संकटका कारण स्वीकृत भएको थिएन। अहिले त्यहाँका शिक्षा मन्त्री क्रिस हप्किन्सले जिम्मेवारी सम्हाल्नेका छन्।

याे पनि पढ्नुस  लकडाउन लागू गर्न नसकेर टर्कीका गृहमन्त्रीले राजीनामा दिए

न्युजिल्याण्डले कोरोनाभाइरस न्यूनीकरण गर्न चालेका कदमहरूको प्रशंसा समेत भएको छ। त्यहाँ अहिलेसम्म एक हजार ५ सय २८ संक्रमित भेटिएका थिए भने २२ जनाले ज्यान गुमाइसकेका छन्।

न्युजिल्याण्ड सरकारले आफ्ना अन्तिम संक्रमित सबै निको भएको भन्दै कोरोनाबाट मुक्त भएको समेत घोषणा गरिसकेको थियो।

कमेन्ट गर्नुहोस्