प्रधानमन्त्री ओली भेटे अनसनरत युवाहरूलाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत ‘इनफ इज इनफ अभियान’ का सदस्यहरूलाई भेटेका छन् ।

प्रधानमन्त्री ओलीले आज ह्याम्स अस्पतालमा पुगेर ग्रुपका अनसनकारीहरूलाई भेट गरेका हुन् ।

भेटमा उनले सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको उल्लेख बताएका थिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार

अस्पतालका अध्यक्ष आर एस भण्डारीका अनुसार प्रधानमन्त्री ओली करिव १५ मिनेट बसेका थिए । उनले कोभिड–१९ नियन्त्रणमा सरकारले अन्य मुलुकले भन्दा राम्रो काम र युवाहरूले थप झकझक्याउने काम गरेको बताए ।

अभियान्ताहरूका अनुसार प्रधानमन्त्रीले वार्ता टोली बनाएर भोलि नै सम्वादमा आउन आग्रह गरेका छन् । र, त्यसअनुसार वार्ता टोली गठनबारे छलफल सुरु भएको छ ।

याे पनि पढ्नुस  आज मन्त्रीमण्डल फेरबदलको ‘बोल्ड’ निर्णय ! को को हट्दैछन् त ?

कोरोना संक्रमणको जाँच पीसीआर विधिबाटै गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग गर्दै ‘इनफ इज इनफ’ अभियान सुरू भएको थियो । सामाजिक सञ्जालबाट सुरू भएको अभियानकै आहृवानमा देशभर प्रदर्शन भयो ।

तर, सरकारले माग सम्बोधन नगरेको भन्दै ई., पुष्कर बम, सुदन गुरुङ र सुवानी सिंजापति असार १२ गतेदेखि पाटनमा अनशन बसेका थिए ।

कमेन्ट गर्नुहोस्