मोदी र पुटिनबीच टेलिफोन कुराकानी

नयाँ दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच कोरोनाका बारेमा कुराकानी भएको छ ।

कोरोनासँगै २ पक्षीय सरोकारका विविध विषयमा छलफल भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकहरूको सूचीमा अग्रस्थानमा रहेका दुवै देशका शीर्ष नेताले कोरोना भाइरसबाट भइरहेको क्षति न्यूनीकरणका लागि के के प्रयास भइरहेको छ भन्ने बारेमा अनुभव आदान प्रदान गर्नुभएको थियो ।

याे पनि पढ्नुस  ओली र मोदीबीच फोनवार्ता, के भयो कुराकानी ?

त्यसैगरी उनीहरूले भावी दिनमा कोरोनाका लागि र अन्य विषयमा के कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल गरको थिए ।

भारतीय अधिकारीका अनुसार उउनीहरूले टेलिफोन कुराकानीका क्रममा यही बर्ष भारतमा हुने भनिएको बार्षिक सम्मेलनबारेमा पनि छलफल गरेका छन् ।

याे पनि पढ्नुस  मोदीद्वारा २० लाख करोड भारुको आर्थिक प्याकेज घोषणा, लकडाउन जारी रहने

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशमा हुने सम्मेलनमा स्वागत गर्न आफू प्रतिक्षारत रहेको बताएको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

आफ्नो देशमा स्वागत गर्न प्रतिक्षारत रहेको मोदीको भनाईप्रति पुटिनले धन्यवाद ज्ञापन गरेका थिए ।

कुराकानीका क्रममा संविधान संशोधन गरेर कार्याकाल लम्ब्याउन सफल भएको र संविधान संशोधनको प्रस्तावमा अत्यधिक मत प्राप्त गरेकोप्रति प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई बधाई दिएका थिए ।

कमेन्ट गर्नुहोस्