पार्टी एकता जोगाउन निर्णायक छलफलका लागि बालुवाटार पुगे प्रचण्ड

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी फुट्ने खतरा रहेको बेला अर्का अध्यक्ष प्रचण्डले भने ओलीसँग निर्णायक छलफल शुरु गरेका छन् ।

सरकारले व्यवस्थापिक संसद स्थगित गर्ने निर्णयसँगै पार्टी फूटको खतरा भएको भन्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका हुन ।

फाइल तस्वीर

यसअघि बिहिबारका दिन राष्ट्रपतिलाई भेटेर फर्केका प्रचण्डले पार्टीमा फूटको गम्भीर खतरा भएको बताएका थिए । भोली शनिबारसम्मका लागि सचिवालयको बैठक स्थगित भएकोले आज दिनभरी जसो पार्टी एकताका पक्षमा आफूले अन्तिम कोशिस गर्ने समेत प्रचण्डले बताएका थिए ।

प्रधानमन्त्रीले आफ्नो जीतका लागि पार्टी एकतालाई नै धरापमा पार्न खोजेको अवस्थामा प्रचण्डले ओलीसँग निर्णायक छलफल गर्ने बताइन्छ । प्रधानमन्त्री ओलीले भने पार्टीले जे सुकै निर्णय गरेपनि आफूले प्रधानमन्त्री र अध्यक्षबाट राजिनामा नदिने अडान लिएका छन् । पार्टी पद्धती नमान्ने ओलीको यो अडानका कारण पार्टीमा फूटको गम्भीर खतरा देखिएको हो ।

याे पनि पढ्नुस  पार्टीभित्रै नैतिक संकटमा ओली, वामदेवसँग गुहार माग्दै भैंसेपाटीमा !

अध्यक्ष प्रचण्डले भने पार्टी एकतादेखि नै आफूले त्याग र सहमति खोजेको बताउँदै आएका छन् । पार्टी एकतामा कुनै आँच नआओस भनेर विगतमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति समेत त्यागेर ओलीलाई नै पाँच वर्ष प्रधानमन्त्रीमा निरन्तरता दिन समेत सहमति गरेको उनले बिहिबार ओली निकट स्थायी समिति सदस्यलाई बताएका थिए । आफूले जति त्याग गरेपनि, जति सहमतिको प्रयास गरेपनि ओलीले स्वेच्छाचारी ढंगले अघि बढेको प्रचण्डको भनाई थियो ।

याे पनि पढ्नुस  प्रचण्डसहित सहभागी भैँसेपाटी बैठक सकियो, ओलीबाहेक सबै नेता एक ठाउँ, अध्यादेश फिर्ता लिनैपर्ने निश्कर्ष

स्थायी समिति बैठक चलिरहेकै बेला ओलीले विवादास्पद अभिव्यक्ति दिएपछि विवाद झनै चर्किएको थियो । दुबै अध्यक्षबीच आज सहमति भएन भने यसको असर भोलीको स्थायी समिति बैठकमा पर्ने भएको छ । यद्यपी प्रचण्डले भने एकताका पक्षमा सिंगो पार्टी भएकाले अर्का अध्यक्ष ओलीले फूटका पक्षमा चाल्ने कदमले कुनै पनि कोणबाट समर्थन नपाउने बताएका छन् ।

उनको सचिवालय स्रोतका अनुसार नेकपा विवाद उत्कर्षमा पुगेका बला प्रचण्ड निर्णायक वार्ता गर्न चाहन्छन्, जसले पार्टीभित्रको विवाद अन्त्य गर्दै फुटबाट जोगाउन सकोस् ।

याे पनि पढ्नुस  ‘मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ’

प्रचण्डनिकट स्रोत भन्छ्, ‘अध्यक्ष ज्यू (प्रचण्ड) कुनै पनि हालतमा पार्टी फुटाउनु हुन्न भन्ने सोचमा हुनुुहुन्न । अन्तिमसम्म सहमतिका लागि प्रयास गर्ने सोचमा हुनुहुन्छ ।’

बिहीबारको स्थायी कमिटी बैठकमा पनि प्रचण्डले भनेका थिए, ‘भनेका थिए, ‘हामीले पार्टी एकतालाई जोगाइराख्न सक्दो प्रयास गर्नुपर्छ, पार्टी एकता जोगाइराख्न पर्छ । अब जे पनि निर्णय हुनसक्छ त्यसका लागि तयार भएर बसौँ । बैठक स्थगित गरेर निर्णायक छलफलमा लागौं ।’ त्यसपछि जारी स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

नेकपा विवादः निर्णायक वार्ता आज, समाधान निष्कने सम्भावना कति ?

कमेन्ट गर्नुहोस्