नेकपा विवादः एकता जोगाउन दोस्रो तहका नेता सक्रिय, गरे यस्तो निर्णय

काठमाडौंः पार्टीमा विवाद बढ्दै गएपछि नेकपाका दोस्रो तहका नेताहरू समस्या समाधानका लागि छलफलमा जुटेका छन् ।

केपी ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरू शुक्रबार बिहान कृषिमन्त्री घनश्याम भुसालको निवासमा जम्मा भएका थिए ।

उनीहरूले कुनै पनि हालतमा पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् । पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरू बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्षनेताहरुलाई आग्रह गर्ने निर्णण पनि उनीहरूले गरेका छन् ।

याे पनि पढ्नुस  बूढीगण्डकी जलविद्युतको कामले छिट्टै गति लिन्छः अध्यक्ष प्रचण्ड

उनीहरूले तत्काल पार्टीलाई एकतावद्ध बनाउने र पछि महाधिवेशनतिर लैजाने मोडलको खोजी गर्नेमा सहमत भएका छन् । पार्टीलाई एकतावद्ध बनाउँदै महाधिवेशनतिर लैजाने मोडलको खोजी गर्ने, यसका लागि अध्यक्षद्धय र अरू नेताहरुरूको बीचमा पनि सम्वाद गर्नुपर्नेमा दोस्रो पुस्ताका नेताहरूले जाोड दिएका छन् ।

याे पनि पढ्नुस  कैलालीमा नेकपाका नेताको गाडी जलाइयो

कृषिमन्त्री भुसालको निवास पुल्चोकमा भएको भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा तथा माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।

कमेन्ट गर्नुहोस्