आफ्नै विद्यार्थी नेतालाई देउवाले थर्काए, भने–लाज पनि छैन

फाइल फोटो ।

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् ।

पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा बोलाइएका देउवाले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरूलाई सार्वजनिक कार्यक्रममै थर्काएका हुन् ।

करिब २ मिनेट भाषण गरेका देउवाले सबै समय थकाउँनमै खर्चे । उनले थर्काउँदै भने, ‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन । कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ । ठुलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने ? विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहनल्नु पर्ने ?’

याे पनि पढ्नुस  कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघका दुई पक्षबीच कुटाकुट

देउवाले नेविसंघको नेतृत्वलाई गाउँगाउँ गएर संगठन विस्तार गर्न निर्देशन दिए । ‘जिल्ला जाऊ, संगठन बनाऊ । गाउँगाउँका स्कुल क्याम्पसहरुमा नेविसंघ बनाऊ । काठमाडौं बसेर विवाद गर्न लाज लाग्दैन । पहिला संगठन बनाएर आऊ त्यसपछि मसँग झगडा गर्न आऊ’, उनले अगाडि थपे ।

याे पनि पढ्नुस  ...झण्डै ओलीले फुटाइसकेका थिए नेकपा

‘स्कुल र गाउँमा नेविसंघको संगठन नगर्ने , विद्यालयमा संगठन गर्न डराउने अनि पार्टी कमजोर भयो, संगठन सक्कियो भनेर राजधानीमा नेताहरुका घर–घरमा गएर चाकडी र चाप्लुसीका भरमा नेत बन्ने दिन अब गए,’ सभापति देउवाले आक्रोश पोख्दै भने, ‘संगठन नबनाउने, मसँग झगडा मात्रै गर्ने ?’

कमेन्ट गर्नुहोस्