फेरि घट्यो सुनको मूल्य

काठमाडौंः विगत केही दिनदेखि उतारचढाव देखिएको सुनको मूल्य शुक्रबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबारको तुलनामा तोलामा ५ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

याे पनि पढ्नुस  कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

बिहीबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलाको ७ सयले घटेको थियो । बिहीबार सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्