नेविसंघलाई देउवाको निर्देशन : गाउँका विद्यालयसम्म पुगेर संगठन निर्माण गर्नुस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घले गाउँगाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्ने बताएका छन् ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा आज नेविसङ्घ केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले नेविसङ्घको नेतृत्व जिल्ला र गाउँसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्नेमा जोड दिए ।

याे पनि पढ्नुस  अध्यादेश फिर्तापछि बोल्यो कांग्रेस, भन्योः ‘अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न’

‘काठमाडौँमा बसेर नेता नेताको घरमा पुग्नुभन्दा जिल्ला, गाउँ, क्याम्पस र विद्यालय पुगेर सङ्गठन निर्माणमा लाग्नुपर्छ,’ उनले भने ।

नेविसङ्घमा अहिले सङ्गठन निर्माणभन्दा पनि नेताहरूको घरघरमा धाउने प्रवृत्ति बढ्दै गएको उनको भनाइ थियो ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले कोभिड–१९ का कारण समस्यामा परेका विद्यार्थीलाई सरकारले राहत दिन नसकेको तथा बन्दाबन्दीका समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको आरोप लगाए ।

याे पनि पढ्नुस  कांग्रेस प्रमुख सचेतमा खाँड नियुक्त

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विद्यार्थीको हकहितका लागि स्थापित नेविसङ्घले गाउँसम्म पुगेर सङ्गठन विस्तार गर्ने बताए । कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीले रक्तदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्