क्वारेन्टाइनमा आत्महत्या गरेका युवकमा कोरोना पोजिटिभ

रोल्पा : जिल्लाको पश्चिमी एक गाउँको गोठमा क्वारेन्टाइन झुण्डिएर आत्महत्या गरेका ३१ वर्षीय पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको छ ।

गंगादेव गाउँपालिका-५ का पुरुषले असार १८ गते क्वारेन्टाइनमै आत्महत्या गरेका थिए । आत्महत्यापछि मृतकको स्वाब संकलन गरी परीक्षणका लागि अस्पताल पठाइएको थियो ।

याे पनि पढ्नुस  परीक्षामा चिट समातिएपछि छात्राद्वारा आत्महत्या

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट मृतक पुरुषमा कोरोना भाइरस पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानामगरले जनाए ।

मृतकमा कोरानो भाइरस पोजिटिभ देखिएपछि झुण्डिएको अवस्थामा शव निकाल्ने, बोक्ने र पोष्टमार्टमका लागि अस्पतालनसम्म पुर्‍याउन गएका आफन्त र छिमेकीमा त्रास फैलिएको छ ।

याे पनि पढ्नुस  फेसबुकबाट अश्लिल तस्विर पठाएर युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ

गंगादेव गाउँपालिका-५ का वडा अध्यक्ष मानबहादुर डाँगीले मृतकको कन्ट्याक्टमा रहेका सबैको पहिचान गरी क्वारेन्टाइनमा राख्न र गाउँलाई सिल गर्ने तयारी भइरहेको जनाए । वडा सदस्य कमलप्रकाश खत्री र लक्ष्मी बुढा मृतकको गाउँ पुगेर कन्ट्याक्ट ट्रेसिङमा जुटेका छन् ।

मृतकका माहिला भाइका अनुसार आत्महत्या गर्ने भाइ आठ महिनाअघि वैदेशिक रोजगारीका लागि दुवै गएका थिए ।

याे पनि पढ्नुस  कोरोनालाई जित्न सफल मन्त्रीका ९१ वर्षीय ससुराले गरे आत्महत्या

कोरोना भाइरस महामारीका कारण उनलाई कम्पनीले नेपाल फर्काएको हो । उनी असार १० गते गाउँ फर्किएका थिए । गाउँ फर्किएपछि वडापालिकाले विद्यालयमा तय गरेको क्वारेन्टाइनमा बसेका थिए ।

कमेन्ट गर्नुहोस्