भैँसी चराउन गएकी बालिकाको अर्धनग्न अवस्थामा शव फेला

धनुषा : जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थामा एक बालिकाको शव अर्धनग्न अवस्थामा फेला परेको छ ।

बुधबार दिउँसो घरबाट भैंसी चराउन निस्केपछि बेपत्ता भएकी १० वर्षीया कञ्चनकुमारी पजियारको शव शुक्रबार विहान घरभन्दा १ किलोमिटर टाढा दूधमती नदीको छेऊमा फेला परेको हो ।

शव अर्धनग्न अवस्थामा फालिएको र धान रोप्न गएका किसानहरूले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।

याे पनि पढ्नुस  बालिका बलात्कार आरोपमा ८० वर्षीय बृद्ध पक्राउ

मृतक कञ्चनका बुवा विनोद पजियार कुर्थामै मजदुरीको काम गरि परिवार पाल्दै आएका थिए। बुधबार विहान ११ बजेतिर कञ्चन भैंसी चराउन घरबाट निस्केकी थिइन्। तर साँझसम्म घर नर्फिएपछि खोजतलास सुरु गरेको काका विजय पजियारले बताए।

शवको अवस्था हेर्दा कञ्चनमाथि बलात्कार गरि हत्या गरिएको हुन सक्ने परिवारजनको अनुमान छ । तर, प्रहरीले शवको पोष्टमार्टम भएपछि मात्रै मृत्युको कारण खुलाउन सकिने बताएको छ ।

कमेन्ट गर्नुहोस्