नेपालमा आज ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं : नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ७ सय ४०जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १५ हजार २ सय १९ पुगेको छ । त्यस्तै आज एकै दिन ८ सय २३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्