फ्रान्सका प्रधानमन्त्रीले दिए अचानक राजीनामा

फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले राजीनामा दिएका छन् । प्रधानमन्त्री फिलिपले बुझाएको राजीनामा पत्र राष्ट्रपति इम्यानुयल म्याक्रोंले स्वीकृत गरिसकेका छन् ।

राष्ट्रपति कार्यालय एलिसी प्यालेसका अनुसार उनले राजीनामाको कारण भने खुलाइएको छैन । अघिल्लो साता फ्रान्समा भएको स्थानीय चुनावमा सत्तारूढ पार्टीले पराजय भोगेको थियो । कोरोना भाइरसको महामारीको असर र त्यसबाट सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन चुनौती म्याक्रोंसामू छ ।

याे पनि पढ्नुस  अत्याधिक गर्मीका कारण फ्रान्समा १५ सय नागरिकको मृत्यु

केही समयमै नयाँ प्रधानमन्त्री नियुक्त हुने एलिसी प्यालेसले बताएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म फिलिपले नै अन्तरिम प्रधानमन्त्रीको रूपमा काम गर्ने छन् ।

सन् २०१७मा म्याक्रोंले राष्ट्रपतिको चुनाव जितेपछि ४९ वर्षीय फिलिप प्रधानमन्त्री भएका थिए । फ्रान्समा ५ वर्षे कार्यकालमा राष्ट्रपतिले प्रधानमन्त्री फेर्न सक्ने चलन छ । ‍

कमेन्ट गर्नुहोस्