प्रेममा सम्बन्धमा रहेका एक जोडीले नहरमा हाम फाल्यो

महेन्द्रनगर : कञ्चनपुरमा युवायुवतीले नहरमा हाम फालेको छन् । शुक्रबार बिहान ११ बजेतिर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीमा युवायुवतीले नहरमा हाम फालेका हुन् ।

भीमदत्त नगरपालिका-२ उल्टाखामका २३ वर्षीया राकेश चौधरी र महुलियाकी १९ वर्षीया रेनु चौधरीले नहरमा एकसाथ हाम फालेका हुन् । स्थानीयले उनीहरूलाई हाम फाल्न देखेपछि युवतीको उद्दार गरिए पनि युवक भने भेटिएका छैनन्।

याे पनि पढ्नुस  कञ्चनपुरमा आज भेटिएका संक्रमित चैत २ गते भारत गएका थिए

सोही नहर भएर गइरहेका बेला स्थानीय सुनिल चौधरीले नहरमा हाम फालेको देखेपछि युवतीलाई नहरबाट बाहिर निकालेको बताए । ‘पानीमा टाउको मात्रै देखिएको थियो,’ उनले भने, ‘मैले उनलाई निकाले, पेटमा पानी भरिएर वेहोस भएकी युवतीको १०/१५ मिनेटमा होस अयाो ।’ ती युवतीले युवकले पनि आफूसँगै नहरमा हाम फालेको बताइन् ।

याे पनि पढ्नुस  कञ्चनपुरमा १० वर्षीय बालकको मुत्यु

युवतीको अहिले महाकाली अस्पतालमा उपचार भइरहेको छ । उनीहरू दुवैजनाबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले नहरको पुलमा बसेका युवायुवतीले एक्कासी सँगै हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताए।

याे पनि पढ्नुस  निर्मलाको न्यायिक आन्दोलनका घाइते उपचार खर्चका लागि धर्नामा

उनले वेपत्ता युवकको खोजी कार्य भइरहेको जानकारी दिए । कुँवरका अनुसार युवक नेपाली सेना र युवती ओभरसियर अध्ययन गर्दै आएका थिइन् । दुवै जनाबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । कञ्चनपुर प्रहरीले वेपत्ता युवकको खोजी कार्य भइरहेको जनाएको छ भने घटनाको अनुसन्धान जारी छ ।

कमेन्ट गर्नुहोस्