आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए? (सूचीसहित)

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । गत २४ घण्टामा थप ७ सय ४० थपिएसँगै संक्रमिकतो संख्या १५ हजार २५९ पुगेको हो ।

संक्रमितमध्ये ६ हजार १४३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

याे पनि पढ्नुस  सबै उमेरसमूहका मानिसलाई कोरोना संक्रमण जोखिम उत्तिकैः डब्ल्युएचओ

मृतकको संख्या भने ३२ पुगेको छ । पछिल्लोपटक काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ ।

आज सबैभन्दा बढी अछाममा २ सय ३० संक्रमित थपिएका छन् । अछामपछि कैलालीमा ५८, बाजुरामा ५३, डोटीमा ४७ र कञ्चनपुरमा ४५ जना संक्रमित थपिएका छन् ।

याे पनि पढ्नुस  नेपालमा कोरोना भाइरसले महामारी रुप लिन सक्दैनः प्रम ओली

आज कुन जिल्लामा कति थपिए संक्रमित ?

अछाम २३०
कैलाली ५८

बाजुरा ५३
डोटी ४७
कञ्चनपुर ४५

बैतडी ४०
रौतहट २९
झापा २८
डडेल्धुरा २८

सिरहा २४
नवलपुर १९
धनुषा १६

बझाङ १४
दैलेख १२

बर्दिया १०
दाङ ९

नवलपरासी ९
तनहुँ ९
कपिलवस्तु ८
सप्तरी ८

याे पनि पढ्नुस  कोरोना त्रासः फागुन २४ देखि अन–अराइभल भिसा नदिने निर्णय

सल्यान ८
महोत्तरी ६
सुर्खेत ६
उदयपुर ५
मोरङ ५
पर्वत ३

कास्की २
पर्सा २
चितवन १
पाल्पा १

रोल्पा १
कालीकोट १
बाग्लुङ १

सर्लाही १
सिन्धुपाल्चोक १

कमेन्ट गर्नुहोस्