कोरोना रिपोर्ट पोजिटिभ आएपछि युवकले गरे आत्महत्या

बझाङ : जिल्लाको खप्तडछान्ना गाउँपालिका-७ मा होमआइसोलेसनमा रहेका १ जनाले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार बिहीबार कोरोना रिपोर्ट पोजिटिभ आएका १८ वर्षीय युवकले घरबाट भागेर नजिकैको जंगलमा आत्महत्या गरेका हुन् ।

मृतक भारतबाट आएर १९ जेठदेखि जयपुर लामागडा प्राथमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका थिए ।

याे पनि पढ्नुस  बलिउड अभिनेता सुशान्तसिंह राजपुतद्वारा आत्महत्या

क्वारेन्टाइनमा बसेका अरू सबैको रिपोर्ट आएपछि घर जाँदा एक्लै हुने भनि ती युवक पनि ३ दिनअघि घर गएका थिए।

हिजो रिपोर्ट पोजिटिभ आएपछि आज बिहानै उनले आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले जानकारी दिए । मृतकको शव घटनास्थलमै रहेको छ ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या

प्रहरी टोली घटनास्थल पुगिनसकेको बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले बताए ।

कमेन्ट गर्नुहोस्