पाकिस्तानमा बस र ट्रेन ठोक्किँदा २० तिर्थयात्रीको मृत्यु

इस्लामाबाद : पाकिस्तानमा एउटा यात्रुवाहक बसलाई शुक्रबार बाटो काट्ने क्रममा ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा अरू ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् ।

यात्रुवाहक बसमा पाकिस्तानको पंजाबस्थित नानकाना साहिबबाट फर्कदै गरेका सिख तिर्थयात्री रहेको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् । उक्त बस रेलको लिक पार गर्नेक्रममा दुर्घटनामा परेको थियो ।

याे पनि पढ्नुस  पाकिस्तानमा सोमबारबाट लकडाउन खुल्ने

स्थानीय प्रहरीका अनुसार कराँचीबाट लाहोरतर्फ गइरहेको शाह हुसेन एक्सप्रेस ट्रेनले फारुकाबाद रेल्वे स्टेशन नजिक यात्रुवाहक बसलाई दिउँसो करिब १:३० बजे ठक्कर दिएको थियो ।

पाकिस्तानी अखबार दी डनका अनुसार दुर्घटनामा अरू ८ जना गम्भीर घाइते भएका छन् । घाइतेहरू सबैलाई शिखपुरास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ । पाकिस्तानी रेल्वे मन्त्रालयले उक्त दुर्घटना शिखपुरा नजिकै भएको र मन्त्रालयले अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

याे पनि पढ्नुस  पाकिस्तानमा कोरोना संक्रमित र मृतक बढ्दै, १५ दिन लम्बियो लकडाउन

बसमा करिब २५ जना यात्रारत थिए । उक्त बसका यात्रीहरू पेशावरतर्फको यात्रामा थिए । -एजेन्सी

कमेन्ट गर्नुहोस्