ब्राजिलमा एकैदिन थपिए ४८ हजार कोरोना संक्रमित

एजेन्सी : ब्राजिलमा कोरोना भाइरसबाट एकैदिन ४८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १०५ जना सक्रमित भएका हुन् ।

योसँगै ब्राजिलमा कोरोनाबाट संक्रमितको कुल संख्या १५ लाख नाघेको अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीले ब्राजिलमा एकैदिनमा कोरोनाबाट १ हजार २ सय ७७ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कुल मृतकको संख्या ६१ हजार ९ सय ९० पुगेको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिम थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

ब्राजिलमा एक दिन अगाडी भने २४ घण्टामा ४६ हजार ७१२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विश्वभरीको तथ्याङ्कअनुसार धेरै संक्रमित भएका देशहरूको सूचीमा ब्राजिल अहिले दोस्रो अग्रस्थानमा रहेको छ । पहिलो स्थानमा भने अमेरिका रहेको छ ।

कोरोनाबाट धेरै सङ्मित रहेको देशको सूचीमा रुस तेस्रो स्थानमा रहेको छ भने चौथोमा भारत, पाँचौमा स्पेन, छैठौँमा पेरु, सातौमा चिली, आठौमा बेलायत, नबौँमा इटली र दशौमा मेक्सीको रहेका छन् । विश्वभरी अहिलेसम्म २ सय १५ देशका कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।

कमेन्ट गर्नुहोस्