पर्सी चन्द्रग्रहण : यी ५ राशिमा अशुभ प्रभाव पर्ने, कसरी बच्ने?

काठमाडौं : यस वर्षको पहिलो चन्द्र ग्रहण पर्सी लाग्न गइरहेको छ । यसअघि यसै महिनामा सूर्य ग्रहण पनि लागेको थियो ।

चन्द्र ग्रहणको प्रभाव यसपटक ७ वटा राशिका लागि शुभ रहने छ भने बाँकी ५ राशिले भने विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।

ज्योतिषशास्त्रीहरूका अनुसार, नकारात्मक राशि पर्ने राशिहरू यसप्रकार रहेका छन् :

मिथुन राशि : यसवर्षको चन्द्र ग्रहणको सबैभन्दा ठूलो असर मिथुन राशिमा पर्ने देखिन्छ । त्यसैले चन्द्र ग्रहणको प्रभावले विवाद हुने सम्भावना बढी रहेको छ । त्यसैले वादविवादबाट जोगिनु जरुरी छ । यसका साथै घरबाहिर जाँदा समेत सतर्कता अपनाउनु होला ।

चन्द्र ग्रहणको प्रभावले मिथुन राशिको स्वास्थ्यमा समेत समस्या देखिन सक्छ । त्यसैले पर्याप्त आराम गर्नु जरुरी छ । स्वास्थ्यमा समस्या देखिँदा यसको असर तपाईको काममा समेत पर्न सक्छ । यदि तपाईमा आँखाको समस्या छ भने तत्काल उपचार गर्नुहोला । यो बल्झिन पनि सक्छ ।

याे पनि पढ्नुस  ११ र १२ साउनमा शताब्दीकै लामो चन्द्रग्रहण

काम छिटो नहुने र खर्च पनि बढ्ने सम्भावना देखिन्छ । यसैगरी तपाईका बारेमा कसै अरुले भनेको या गरेको टिप्पणीले पनि तपाईलाई तनाव हुन सक्छ ।

सिंह राशि : ठूला निर्णयमा समस्या हुन सक्ने देखिन्छ । यो ग्रहणको असर बढी देखिने भएकोले यो बेला तपाईले भूमि या बाहन किन्नु ठीक देखिन्न । यो बेला कतै फैसा फस्ने सम्भावना बलियो भएकोले लेनदेन नगर्दा राम्रो हुने छ । नत्र पैसा फिर्ता हुने सम्भावना कम छ । तपाईलाई व्यापारमा पनि अधिक मेहनत गर्नुपर्ने हुनसक्छ । साथै कुनै ठूलो निर्णयमा कठिनाई आउने देखिन्छ । अनावश्यकरुपमा अधिकारी र सरकारसँग वाद विवादको अवस्था नबनाउनुहोला । तपाईको नोक्सानी हुनसक्छ ।

याे पनि पढ्नुस  यी ३ राशिका युवती पाउने पुरुष हुन्छन् भाग्यमानी!

कन्या राशि : खानपीनमा सावधानी अपनाउनुहोला । यो बेला कुनै पनि संक्रमणबाट जोगिनु जरुरी छ । साथै परिवार र पैसाको कुरामा पनि सावधानी अपनाउनु होला । कतै पनि लगानी गर्नु राम्रो देखिन्न । खानपीनमा संयमता अपनाउनु र भागदौडबाट जोगिनु पर्ने देखिन्छ । यसका साथै काम बन्दाबन्दै बिग्रिने अवस्था आउन सक्ने भएकोले मनमा असुरक्षाको भावना जन्मिन सक्छ । घरेलु विवादबाट टाढा रहनु वेश देखिन्छ ।

वृश्चिक राशि : वादविवादको सम्भावना देखिन्छ । तपाईमा केही बढी नै जिम्मेवारी थपिन सक्छ । साथै जीवन साथीसँग विवाद हुन सक्छ । बुवाको स्वास्थ्यको पुरै ध्यान राख्नुहोला । साथै ऋण भए तत्कालै चुक्ता गर्नु उत्तम हुने छ ।

मानसम्मानमा कमी आउँदा विवाद बढन सक्छ । असामाजिक मानिसहरुको प्रभाव तपाईमा देखिन सक्छ । यसबाट घरपरिवारमा पनि झगडाको सम्भावना छ । दैनिक कार्यमा बाधा आउँदा तनाव हुनसक्छ । जागिर व्यवसायसँग जोडिएको केही विषय तपाईलाई तनाव दिनसक्छन् ।

याे पनि पढ्नुस  यी २ राशि भएका सासु–बुहारीको कहिल्यै मिल्दैन कुरा !

धनु राशि : मिथुन राशिपछि सबैभन्दा बढी असर धनु राशिमा देखिन्छ । यो ग्रहण तपाईका लागि तनाव लिएर आउँदैछ । यो बेला दैनिक खर्चमा समेत समस्या आउने र खर्च बढने देखिन्छ । भाईबहिनीसँग झगडा हुने र चोटपटकको सम्भावना देखिन्छ ।

सन्तान पक्षबाट पनि तनाव हुन सक्छ । त्यसैले यो बेला खर्च गर्ने कुरामा जोगिनु होला । बचत कम हुन सक्छ, त्यसैले आवश्यकताबाहेकका कुरामा खर्च नगर्नु होला । तपाईले गर्नुपर्ने काम आफै गर्नुहोला । अरुको भर नपर्नुहोला ।

कमेन्ट गर्नुहोस्