नेपालमा यसरी सुरू भएको थियो कोरोना संक्रमण

काठमाडौं : चीनको उहानबाट आएका १ नेपालीमा ९ माघ २०७६ मा कोभिड-१९ पुष्टि भएको थियो ।

चीनबाट आएपछि उनी १६ पुसमा चिकित्सकको सम्पर्कमा गएकामा २८ पुसमा भर्ना भएका थिए । ९ माघमा कोरोना सङ्क्रमण रहेको पुष्टि गरिएको थियो ।

मुलुकमा जेठ पहिलो सातापछि भने सङ्क्रमणको गति बढेको थियो । गत माघदेखि सुरू भएको सङ्क्रमण चैतमा फाट्टफुट्ट थियो । वैशाखको अन्तिमबाट बढ्न थालेको सङ्क्रमण जेठको दोस्रो सातापछि ह्वात्तै देखियो ।

याे पनि पढ्नुस  जेठ २५ देखि केही जिल्लामा छोटो दूरीका सवारी चलाउने प्रस्ताव

त्यसपछि फागुनमा नदेखिएको सङ्क्रमण चैतमा पुनः फेला परेको थियो । फ्रान्सबाट कतारको दोह हुँदै ४ चैतमा नेपाल आएकी युवतीको परीक्षण गर्दा १० चैतमा दोस्रो कोभिड-१९ पुष्टि भएको थियो । १२ चैतमा तेस्रो व्यक्तिमा देखिएको सङ्क्रमण अहिले दैनिक ४ सयदेखि ६ सयको हाराहारीमा देखिँदै आएको छ ।

याे पनि पढ्नुस  औँठी–आइफोन हातमाः राहतको लाममा !

पहिलोपटक चीनको उहानमा ३१ डिसेम्बर २०१९ मा कोभिड-१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि नेपालमा फैलिएको हो ।

कमेन्ट गर्नुहोस्