टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्यूठानः टिप्पर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–६ का चालक ३० वर्षीय रोसन थापा र सहचालक सोही ठाउँका ३५ वर्षीय झगबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

ना ७ ख ८९३८ नम्वरको टिप्पर सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना भएको प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

याे पनि पढ्नुस  हिउँमा टिप्पर दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

नौबहिनी गाउँपालिका–८ स्थित चुनढुङ्ग खानी लुप्लुङबाट चुनढुङ्गा बोकेर दाङको कालाकाटे जाँदै गरेको टिप्पर सडकबाट करिव पाँच सय मिटर तल खसेको हो ।

कमेन्ट गर्नुहोस्