कड्किए जनार्दन, भने, ‘ओली र प्रचण्डले के गर्लान भनेर हेरेर बस्नुहुँदैन’

काठमाडौंः नेकपा नेता जनार्दन शर्माले पार्टीको विवाद समाधानका लागि दुई नेता (अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड)ले के गर्लान भनेर अब हेरेर बस्न नहुने बताएका छन् ।

उनले नेकपा भित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र हेर्न नहुने भन्दै राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रूपमा देखिएको बताए ।

पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको भन्दै उनले भनेका छन्, ‘म दृढता पुर्वक भन्न चाहन्छु पार्टी फुट्दैन फुटाउन दिइँदैन ।’

याे पनि पढ्नुस  प्रचण्डले ओलीलाई भने, ‘तपाइको राजीनामा भारतले होइन, मैले मागेको हो’

पार्टीलाई विचार, बिधि र पद्धतिबाट बिचलित गरी व्यक्तिका आआफ्ना स्वार्थ पूर्तिको हतियार बन्न दिन नहुनेमा उनले जोड दिएका छन् । एकता गर्दा गरिएका सहमति, आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई शर्माको आग्रह छ ।

‘कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु’, उनले भनेका छन्, ‘एकताको एक अभियान्ताको नाताले सबै नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योग्दान गर्न अपिल गर्दछु ।’

याे पनि पढ्नुस  शीतल निवासमा प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि नेकपामा विवाद चर्किँदै गइरहेको छ । तर, ओली कुनै पनि पद छोड्न तयार छैनन भने प्रचण्ड–माधव नेपाल समूह दुबै पदबाट ओलीलाई राजीनामा गराउन चाहन्छ ।

समस्या समाधानका लागि शुक्रबार बालुवाटारमा ओली– प्रचण्डबीच छलफल भएको थियो । उक्त बैठकमा शर्मा पनि सहभागि थिए ।

याे पनि पढ्नुस  एमाले केन्द्रीय कमिटी बैठक स्थगित

आज बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकअघि ओली–प्रचण्ड भेट हुने बताइएको थियो । तर, स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित भइसकेको छ ।

ओली र अर्का प्रचण्डबीच सहमतिको वातावरण बनाउन बैठक २२ गते सोमबारसम्मका लागि स्थगित गरिएको बताइए पनि बैठक र छलफल कहाँ र कसरी अगाडि बढ्नेछन् केही खुलाइएको छैन ।

कमेन्ट गर्नुहोस्