धनगढीमा २ युवतीको शव फेला, हत्या कि आत्महत्या ?

कैलालीः धनगढी उपमहानगरपालिका–७ मा रहेको बेलीको जंगलमा दुई युवतीको शव भेटिएको छ ।

सोही ठाउँकै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । दुवै युवतीसँगै बस्दै आएका थिए ।

याे पनि पढ्नुस  घाँटी काटेर सलले बेरेको अवस्थामा उखुबारीमा युवतीको शव फेला

प्रारम्भिक अनुसन्धानमा दुवै जनाले विष सेवन गरी आत्महत्या गरेको खुल्न आएको उनले बताए । शव भेटिएको स्थान नजिकै सेल्फास नामक विषादी पनि फेला परेको छ ।

उनीहरू आफैं विष सेवन गरे कि अरूले सेवन गराएको भन्नेबारे खुलेको छैन । हत्या कि आत्महत्या हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  ‘लकडाउन’सँगै किन घटे आर्यघाटमा शव?

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ ।

कमेन्ट गर्नुहोस्