सङ्क्रमित बढ्दै जाँदा लकडाउनमा थप कडाई

लमजुङः लमजुङमा शनिबारदेखि लकडाउनलाई थप कडाई गरिएको छ । जुनसुकै समय सञ्चालन हुँदै आएको जिल्लाभित्रका पसलहरू अब दैनिक ५ घण्टा मात्र खुला गरिएकोे छ ।

लमजुङमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना जोखिम रहेको भन्दै प्रशासनले लकडाउनलाई कडाई गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका पसलहरू विहान ५ बजे देखि मध्यान्ह १२ बजे सम्म मात्र खुला गरिएको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

पेशा व्यवसाय संचालन गर्दा स्वास्थ्य सुरक्षाका प्रोटोकललाई अनिवार्य रुपमा पालना गर्ने गराउने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ । जिल्लाको प्रवेश नाका पाउँदीबाट खाद्यान्न तथा मालबाहक सवारीहरूलाई विहान १० बजे भित्र र अपरान्ह ४ बजे पछि मात्रै प्रवेश अनुमति दिने निर्णय गरिएको छ ।

याे पनि पढ्नुस  सप्तरीमा छोरा जोगाउन खोज्दा आमाको मृत्यु

अत्यावश्यक कामका लागि सवारी अनुमति दिइएका बाहेक अन्य सवारी साधनहरु सञ्चालन गर्न नदिने र जिल्लामा सञ्चालन हुने सवारीलाई जोर विजोर प्रणाली कडाइका साथ लागू गर्ने निर्णय गरिएको छ ।

अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन, हिँड्डुल नगर्न र भिडभाड नगर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए ।

कमेन्ट गर्नुहोस्