बझाङ पहिरोः चार जनाको शव फेला

बझाङः केदारस्युँ गाउँपालिका–८ मल्लेसमा गएको पहिरोमा पुरिएका चार जनाको शव फेला परेको छ ।

४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको वडा अध्यक्ष गणेशबहादुर बोहोराले जानकारी दिए ।

याे पनि पढ्नुस  पहिरोमा बालकको मृत्यु, अरनिको राजमार्ग अबरुद्ध

मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता जेठारा, १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठारा अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ । पहिरोले १८ पनि घर बगाएको छ ।

कमेन्ट गर्नुहोस्