६० रुपैयाँको औषधि २४ सयमा बिक्री

मेलम्ची : सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि बिक्री गरेको भेटिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार गरिएको अनुगमनका क्रममा वास्तविक मूल्य भन्दा वढी मूल्य लिएको भेटिएको नगर प्रमुख निमफुञ्जो शेर्पाले बताए । उनका अनुसार सेतीदेवी मेडिकल राम्चेले वढी मूल्यमा औषधि बिक्री गरेको पाइएको हो ।

याे पनि पढ्नुस  लकडाउन हट्यो : के-के खुल्दै, के-के खुल्न बाँकी ? (सूचीसहित)

‘मेडिकलले अनियमितता गरिरहेको छ भन्ने सूचनाका आधारमा हामीले नै औषधि किन्न पठाउँदा त्यस्तो प्रमाण पायौँ’, उनले भने सरकारले निःशुल्क एबोसनको औषधि वितरण गरे पनि बढीमा रु. ६० पर्ने औषधिलाई सो मेडिकलले रु. २ हजार ४०० लिएको हो ।

यसैगरी कँवरे मेडिकल राम्चे-९ को मेडिकल दर्ता गरे पनि सम्बन्धित व्यक्तिले सञ्चालन नगरी अर्कैले सञ्चालन गरेको पाइएको, सदीक्षा फार्मेसीको बिरामी जाँच्ने आधिकारिक व्यक्ति नभएको पाइएको नगर स्वास्थ्य शाखाको ठहर छ । प्रायः सबै मेडिकलहलमा चिकित्सकको सिफारिसबिना अवैधानिकरूपमा औषधि बिक्री गरेको पाइएको शाखाले जनाएको छ ।

याे पनि पढ्नुस  सकियो मन्त्रिपरिषद् बैठक, लकडाउनबारे के भयो निर्णय ?

प्रतिवेदन तयार गरी जिल्ला प्रशासन तथा जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ती सबै ५ मेडिकललाई लिखित स्पष्टीकरण तथा कारवाहीका लागि नगर स्वास्थ्य शाखाबाट पत्रचार गर्ने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्