आज कहाँ-कहाँ थपिए कोरोना संक्रमित? (सूचीसहित)

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

शनिबार २ सय ३२ जना थपिएसँगै संक्रमितको संख्या १५ हजार ९१ पुगेको हो । शुक्रबार एकैदिन ७ सय ४० संक्रमितमा कोरोना पोजिटिभ देखिएको थियो ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १७, डडेल्धुराका ३, डोटीका ३, गुल्मीका ९, कञ्चनपुरका ६, नवलपरासी ४, पाल्पाका १६, प्यूठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६ र सिन्धुपाल्चोकका १२ जनामा कोरोना भेटिएको छ ।

याे पनि पढ्नुस  कोरोना परीक्षण गर्नका लागि पनि दबाब

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका १ र सिरहाका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। कोशी अस्पताल प्रयोगशाला विराटनगरमा इलाम र झापाका १/१ र मोरङका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ४ जनामा कोरोना पाइएको छ।

गत २० घण्टामा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३६ र सिरहाका १५ जनामा कोरोना भेटिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १५, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका ६ र नवलपरासी पूर्वका ७, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा बागलुङ र म्याग्दीका ३/३ र स्याङजा र तनँहुका १/१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

याे पनि पढ्नुस  कोरोनाविरुद्ध सक्रिय ९८ वर्षीय यी डाक्टर; करोडौं मृत्यु भएको स्पेनिश फ्लूका थिए साक्षी

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका ३ र प्यूठानका २, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका ५ र रोल्पाका २, दैलेख प्रयोगशालामा दैलेखका १ जनामा कोरोना पुष्टि भएको छ।

कुन प्रदेशमा कति संक्रमित ?

सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा भेटिएका छन् । सबैभन्दा कम बागमति प्रदेशमा भेटिएको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोनाको आडमा भारतीय प्रम मोदीका नाममा ठगी, नक्कली एकाउण्ट बनाएर पैसा जम्मा गर्न

प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, बागमतिमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३, प्रदेश ५ मा ९ सय ४२, कर्णालीमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८२ जना संक्रमित भेटिएका छन् ।

कमेन्ट गर्नुहोस्