आइएलओ र एनआरएनबीच कोेभिड-१९ विरुद्ध लड्न ५ करोड १० लाखको अनुदान सम्झौता

यूएई : संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र गैरआवासीय नेपाली संघ (एनआरएन) बीच कोभिड-१९ सँग लड्न ४ लाख २४ हजार ३१० डलर अर्थात् ५ करोड १० लाख अनुदान सम्झौता भएको छ ।

संघको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकको लागि अनुदान रकम उपलब्ध हुनुलाई एनआरएनए थप जिम्मेवारीबोधको रूपमा लिएको बताएको छ ।

याे पनि पढ्नुस  मलेसियामा एनआरएनको चुनावी चहलपहलः को–को छन् अध्यक्षका आकांक्षी?

विशेष गरी कोभिड-१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी ४ देशका नेपालीको सहयोगार्थ आईएलओले सो आर्थिक सहयोग गरेको हो ।

साथै कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा सो रकम खर्चिइनेछ ।

संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको छ ।

याे पनि पढ्नुस  केही दिनभित्रै उखु किसानले अनुदान रकम पाउँछन्ः मन्त्री भट्ट

ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने पनि संघको तयारी छ । साथै आईएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेका लागि समेत खर्च गरिनेछ ।

कमेन्ट गर्नुहोस्