बालुवाटार बैठकबाट गृहमन्त्री र उर्जामन्त्री बाहिरिए

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी भएका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ बैठकबाट बाहिरिएका छन् ।

उनीहरू बैठकस्थलबाट बाहिरिए पनि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । अहिले बालुवाटारमा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको छ भने भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मन्त्री तथा राज्यमन्त्रीसँग छलफल गरिरहेका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको राजीनामा मागिएपछि रिसाए गोकुल, दिए यस्तो चेतावनी

छलफलअघि प्रधामन्त्रीले राष्ट्रपतिलाई भेटेका थिए । नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला यो छलफलबाट निस्कने निष्कर्षलाई महत्वका साथ हेरिएको छ ।

कमेन्ट गर्नुहोस्