राष्ट्रपतिलाई महाअभियोग लगाउन लागिएको हो ? यस्तो भन्छन् नेकपा प्रवक्ता

काठमाडौः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार नगर्न आग्रह गरेका छन् ।

उनले गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह पनि गरेका छन् । उनले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।

याे पनि पढ्नुस  २० हजार प्रति छापियाे नेकपाकाे प्रतिवेदन, कार्यविभाजन नहुँदासम्म वितरण नहुने

‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौं’, उनले ट्वीट गर्दै भनेका छन्, ‘राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं । राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको सुनाएका थिए ।

कमेन्ट गर्नुहोस्