ओलीलाई किन हटाइँदैछ ? गोकुल बाँस्कोटाले गरे यस्तो खुलासा

काठमाडौंः नेकपाका नेता गोकुल बाँस्कोटाले नाकाबन्दी नटेर्दा र चुच्चे नक्शा निकाल्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लागिएको आरोप लगाएका छन् । उनले भारतको योजनामा ओलीलाई हटाउन लागिएको समेत संकेत गरेका छन् ।

ओलीका विश्वासपात्र तथा पूर्व मन्त्रीसमेत रहेका बाँस्कोटाले पार्टी स्थायी कमिटी विचार, सङ्गठनको मियोभन्दा पनि अस्थिरता, प्रतिशोध साध्ने अखाडो बनेको आरोप पनि लगाएका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको फोक्सोबाट पानी निकाल्नु नपर्ने, सामान्य चेकजाँचपछि बालुवाटार फिर्ता

उनले भनेका छन्, ‘अधिवेशन नगर्ने अध्यक्ष हटाउने, चुनिएको प्रधानमन्त्री कोटरीले हटाउने ? डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने, त्योपनि चारपाँचको चुम्लुङले ?’

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्षबारे ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि नेकपामा विवाद उत्पन्न भइरहेको छ ।

कमेन्ट गर्नुहोस्