काठमाडौं उपत्यकामा संक्रमितको संख्या १५४ पुग्यो, कहाँ छन् संक्रमित ?

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १५४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित काठमाडौंमा छन् । त्यहाँ १०९ जना संक्रमित पुग्दा २९ जना निको भएका छन् ।

भक्तपुरमा २८ जना संक्रमित हुँदा ८ जना निको भएका छन् । ललितपुरमा संक्रमित १७ पुग्दा २ जनाको मृत्यु तथा २ जना निको भएका छन् ।

याे पनि पढ्नुस  इस्लामिक समूहको अगाडि झुक्यो पाकिस्तान सरकार, रमजानमा मस्जिद र सामूहिक प्रार्थनाहरू खुला रहने

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको अधिकारीले बताएका छन् ।

उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडौंमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् । तर, मन्त्रालयले भने काठमाडौंमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको दाबी गर्दै आएको छ ।

याे पनि पढ्नुस  मास्क नलगाए १ सय रुपैयाँ जरिवाना

बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् ।

सेन्टर फर मोलिक्युलर डायनामिन नेपालले राजधानीको ४ वटा ढलको नमुना लिएर परीक्षण गर्दा दुईवटा नमुनामा कोरोना भाइरस देखिएको जनाएको छ । यो अनुसन्धानले संक्रमित व्यक्तिको दिसामा कोरोनाको भाइरस देखिन्छ ।

याे पनि पढ्नुस  कोरोना भाइरसबारे घरमै बसेर चिकित्सकसँग परामर्श गर्न यी नम्बरमा गर्नुस् कल

कहाँ छन् संक्रमित ?

काठमाडौंः तिनकुने, कपन, खुसुवु, कागेश्वरी, कोटेश्वर, सिनामंगल र टोखा ।
ललितपुरः थसिखेल, चापागाउँ, लुभु, सिद्धिपुर, हात्तीवन, सातदोबाटो, नलिपोट, भैँसेपाटी, प्यूटार, टीकाथली, बुङ्मती र सुनाकोठी ।
भक्तपुरः बोडे, भोलाछें, चाँगुनारायण र कमलविनायक ।

कमेन्ट गर्नुहोस्