निजामती विधेयकविरुद्व कर्मचारीः आज छातीमा मागपत्र टाँसेर काम गर्ने

काठमाडौंः प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पासर भएको निजामती विधेयकविरुद्व कर्मचारीहरू आन्दोलित भएका छन् ।

विधेयकको विरुद्वमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले विभिन्न कार्यक्रम घोषणा गरेर आन्दोलन गरिरहेको छ ।

जसअन्तर्गत आज छातीमा मागपत्र टाँसेर कार्यकक्षमा काम गर्ने कार्यक्रम रहेको छ । सबै कर्मचारीलाई उक्त विरोधको कार्यक्रममा सहभागी हुन निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले आग्रह गरेको छ ।

याे पनि पढ्नुस  आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने सरकारको तयारी

गत सोमबार पारित भएको विधेयकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, सत्तारुढ दलका केही सांसदले नै असहमति जनाएका छन् भने विधेयकमा कांग्रेसले सातबुँदे फरक मत लेखेको छ ।

यस्ता छन् अन्य मागहरूः
– प्रदेश र स्थानिय तहमा समायोजन भएका निजामती कर्मचारीहरूलाई निश्चित समयावधि पश्चात प्रदेश वा संघमा सरुवा हुने व्यवस्था सुनिश्चित गरीयोस् ।
– संघ प्रदेश र स्थानीय तहमा हाल कायम रहेको श्रेणीगत र तहगत प्रणालीमा एकरुपता ल्याउन आवश्यक व्यवस्था गरीयोस् ।
– सरकारबाट प्रस्तुत भएको सेवाको विशिष्टकरणलाई मध्यनजर गरी सवै सेवाको सेवागत वृत्तिविकासको व्यबस्था गरीयोस् ।
– निजामती कर्मचारी कल्याणकोष स्थापना गरी निजामती अस्पताल, बहुप्राविधिक निजामती महाविद्यालय, निजामती आवास कर्जा योजना तथा अन्य निजामती कल्याणकारी कार्यक्रमर योजना संचालन गर्ने व्यबस्था गरियोस् ।

याे पनि पढ्नुस  कर्मचारीलाई दुर्व्यहार गर्नेमाथि कारवाही गर्न माग

 

सम्बन्धित समाचारः

विवादित निजामती विधेयकमा के-के फेरियो ?

कमेन्ट गर्नुहोस्