काठमाडौंको बसपार्क नजिकै आगो लाग्यो

फाइल तस्बीर ।

काठमाडौंः गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी भएको छ ।

बिहान ३ बजेतिर आगलागी हुँदा ग्यारेजमा रहेको १२ वटा माइक्रोबस जलेको छ । जसमा बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बर आठ वटा माइक्रोबस पूर्ण रुपमा जलेको छ भने चार वटा बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको छ ।

याे पनि पढ्नुस  शुक्रबारे बजारमा आगलागीः पूर्व प्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त

आगलागीको कारण अहिलेसम्म नखुलेको र यसबारे अनुसन्धान भइरहेको छ प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्