कोरोना संक्रमणले विदेशमा यो साता १३ नेपालीको मृ्त्यु

काठमाडौंः कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता मात्रै थप १३ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले दिएको जानकारीअनुसार यूएईमा ६, भारतमा ५, ओमानमा १ र कुवेत १ गरी यो साता थप १३ नेपालीको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  एनआरएनए लक्जेम्वर्गमा खत्री

योसमेत गरेर शनिबार साँझसम्म कोरोनाकै कारण १४ देशमा गरी १ सय ४३ गैरआवासीय नेपालीको मृत्यु भएको समितिले जनाएको छ ।

समितिका अनुसार बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्विडेन, ओमानलगायत देशमा कोरोनाका कारण नेपालीको ज्यान गएको हो । यो साता मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण दर घट्दै गएको तथ्यांकले देखाएको छ ।

याे पनि पढ्नुस  अमेरिकामा तालमा डुबेर काठमाडौंकी युवतीको मृत्यु

समितिका एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा कोरोना संक्रमित गैरआवासीय नेपालीको संख्या २८ हजार ९ सय १८ पुगेको छ भने तीमध्ये २५ हजार २ सय २६ जना भने निको भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्