पार्टी एकताको पक्षमा कुरा गर्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौंः नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता हुँदैछ । त्यसका लागि प्रचण्ड बालुवाटार पुगेका छन् ।

अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच भेट हुन लागेको हो । नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिर्नुपर्ने माग उठेपछि नेकपामा विवाद चर्किएको छ ।

याे पनि पढ्नुस  काँग्रेसको गढमा नेकपाको झण्डाः फाल्गुनन्दमा कुरुम्बाङ निर्वाचित

यसअघि शुक्रबार पनि ओली–प्रचण्डबीच भेट भएको थियो । तर, कुनै निष्कर्ष निस्किएको थिएन ।

शनिबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रीसँग छलफल गर्दै पार्टी विभाजन गर्ने तयारी गरेको संकेत गरिसकेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भनेका थिए, ‘हुलहुज्जत गरेर निकाल्न खोजिए सत्ता छोड्दैन । तपाईंहरू (मन्त्रीहरू) अब कतातिर लाग्ने हो कित्ता छुट्टयाउने समय आयो ।’

याे पनि पढ्नुस  मन्त्रिपरिषद् बैठकमा सिंगापुरबाट सहभागी भए प्रधानमन्त्री ओली

तर, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष भने पार्टी एकता जोगाउनका लागि प्रयासरत छ । उक्त पक्षले अन्तिम छलफलका लागि एकपटक प्रधानमन्त्रीसँग बस्ने निधो गरेको हो । सोहीअनुसार ओली–प्रचण्डबीच भेटवार्ता हुन लागेको हो ।

यस छलफलमा सहमति नआए प्रधानमन्त्रीविरूद्ध स्थायी कमिटीले निर्णय गर्ने तयारी प्रचण्ड–माधव पक्षको तयारी छ ।

याे पनि पढ्नुस  संविधान संशोधन गर्न कार्यदल, माधव नेपाल संयोजक

प्रचण्डको निवास खुमलटारमा बसेको सचिवालयका ६ जना सदस्यहरूको बैठकले ‘पार्टी एकता निम्ति अन्तिम कोसिस गर्ने’ निष्कर्ष निकालेको थियो ।

कमेन्ट गर्नुहोस्