आज २९३ जनामा कोरोना पुष्टि, १३२ जना डिस्चार्ज

काठमाडौं : नेपालमा आइतबार २ सय ९३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

देशका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप २ सय ९३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोना भाइरस संक्रमण किन कम देखियो ? यी हुन् ५ कारण

त्यस्तै आज १ सय ३२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्