अब १ जनाको नाममा २ भन्दा बढी सिमकार्ड नपाइने

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा २ भन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको छ ।

यही असार १३ गते बसेको प्राधिकरण बोर्डले यस्तो निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्राधिकरणले आइतबार सेवा प्रदायकलाई पत्र काटेर यसबारे जानकारी गराउने तयारी गरेको छ ।

याे पनि पढ्नुस  नेपाल दूरसञ्चार प्राधिकरणमा जागिरको अवसर (सूचनासहित)

यससँगै सेवा प्रदायकले एक जना व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड बिक्री गर्न पाउने छैनन् । हाल एउटै व्यक्तिले एउटा सेवा प्रदायकको धेरै सिमकार्ड लिने गरेका छन् । यसरी एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड दिँदा दुरुपयोग हुनसक्ने भन्दै प्राधिकरणले यस्तो निर्णय लिएको बताइएको छ ।

याे पनि पढ्नुस  दूरसञ्चारले अब सिमकार्डमा पनि ‘केवाईसी’ लागू गर्ने

‘एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा त्यसको दुरुपयोग हुनसक्छ, दूरसञ्चार सम्बन्धी विभिन्न अपराधमा प्रयोग हुन सक्छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘त्यतिमात्र नभएर एउटा व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा स्वयम् व्यक्ति नै खतरामा पर्न सक्ने भएकाले त्यस्तो जोखिम रोक्न यस्तो निर्णय लिइएको हो ।’

याे पनि पढ्नुस  भू–उपग्रहसम्बन्धी अध्ययन गर्न ९ कम्पनीको आवेदन

पछिल्लो समय सिमकार्ड व्यक्तिको आर्थिक कारोबारसँग पनि जोडिएर आउँछ । सिमकार्डबाटै बैंकिङ कारोबार, मोबाइल बैंकिङ लगायतका प्रणाली सञ्चालन हुने भएकाले पनि यस्तो खालको निर्णय आवश्यक रहेको प्रवक्ता अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्