केन्द्रीय समिति बैठक बोलाउनु पर्ने माग गर्दै नेकपामा हस्ताक्षर अभियान सुरू

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केन्द्रीय समिति बैठक बोलाउनु पर्ने माग गर्दै समितिका सदस्यले हस्ताक्षर अभियान चलाएका छन्।

बैठक माग गर्ने ५३ केन्द्रीय सदस्यले शनिबार जुम मिटिङ गरेका थिए । ‘अहिले नेकपा जुन मोडबाट गुज्रिरहेको छ, त्यसको निर्णय ४५ सदस्यीय स्थायी समितिले भन्दा ४४१ जनाको केन्द्रीय समितिले झन् सुझबुझका साथ गर्न सक्छ,’ हस्ताक्षर अभियान चलाउनेमध्येका एक केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘केन्द्रीय समितिले नै पार्टी एकताका पक्षमा दबाब दिन सक्छ भन्ने लागेर हामीले हस्ताक्षर थालेका हौं। ’

याे पनि पढ्नुस  आज केन्द्रीय समितिको दोस्रो बैठक सकिँदै, अध्यक्ष र महासचिवले जवाफ दिने

नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरे केन्द्रीय समिति बैठक बोलाउनु पर्छ।

‘हिजो मिटिङमा सहभागी सबै साथीहरूले केन्द्रीय समिति बोलाउनु पर्ने कुरामा सहमत हुनुहुन्छ, आज थप साथीहरूको हस्ताक्षर संकलन भइरहेको छ,’ गैरेले भने,‘साँझसम्म हस्ताक्षर गर्नेको संख्या टुंगो लाग्छ।’

याे पनि पढ्नुस  कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघका दुई पक्षबीच कुटाकुट

नेकपामा अहिले स्थायी समिति बैठक चलिरहेको छ। असार १० गतेदेखि सुरू भएको बैठकमा अहिलेसम्म बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको आलोचना गर्दै उनको राजीनामा माग गरेका छन्।

प्रधानमन्त्री ओली स्थायी कमिटीमा चरम अल्पमतमा परेपछि बैठक सर्दै आएको छ। यही बीचमा सरकारले संसदको बजेट अधिवेशन अन्त्य गरेकाले ओलीले दल विभाजनसम्बन्धी अध्यादेश फेरि ल्याउन लागेका हुन् कि भन्ने आशंका उब्जिएको छ।

कमेन्ट गर्नुहोस्