काठमाडौं उपत्यकामा संक्रमितको संख्या १८४ पुग्यो, कहाँ छन् संक्रमित ?

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १८४ पुगेको छ ।

उपत्यकामा आज मात्रै थप ३० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित काठमाडौंमा छन् । त्यहाँ १३६ जना संक्रमित पुग्दा २९ जना निको भएका छन् ।

भक्तपुरमा २९ जना संक्रमित हुँदा ८ जना निको भएका छन् । ललितपुरमा संक्रमित १९ पुग्दा २ जनाको मृत्यु तथा २ जना निको भएका छन् ।

याे पनि पढ्नुस  प्रवासी नेपाली भन्छन्ः सरकार उद्धार होइन, व्यापार गर्दैछ

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको अधिकारीले बताएका छन् ।

उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडौंमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् । तर, मन्त्रालयले भने काठमाडौंमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको दाबी गर्दै आएको छ ।

याे पनि पढ्नुस  काठमाडौं आइपुग्यो एनआरएनए दक्षिण कोरियाले दिएको स्वास्थ्य सामग्री

बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् ।

सेन्टर फर मोलिक्युलर डायनामिन नेपालले राजधानीको ४ वटा ढलको नमुना लिएर परीक्षण गर्दा दुईवटा नमुनामा कोरोना भाइरस देखिएको जनाएको छ । यो अनुसन्धानले संक्रमित व्यक्तिको दिसामा कोरोनाको भाइरस देखिन्छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा बुधबार थपिए २ सय ७२ कोरोना संक्रमित

कहाँ छन् संक्रमित ?

काठमाडौंः तिनकुने, कपन, खुसुवु, कागेश्वरी, कोटेश्वर, सिनामंगल र टोखा ।
ललितपुरः थसिखेल, चापागाउँ, लुभु, सिद्धिपुर, हात्तीवन, सातदोबाटो, नलिपोट, भैँसेपाटी, प्यूटार, टीकाथली, बुङ्मती र सुनाकोठी ।
भक्तपुरः बोडे, भोलाछें, चाँगुनारायण र कमलविनायक ।

कमेन्ट गर्नुहोस्