दाङपछि चितवनमा पनि युवतीले गरिन् फेसबुक लाइभ गरेर आत्महत्या

काठमाडौंः सामाजिक सन्जाल फेसबुकमा लाइभ गरेर अर्की एक युवतीले आत्महत्या गरेकी छिन् । चितवनको स्याउली बजारमा शनिबार राति पौने नौ बजे यी युवतीले आत्महत्या गरेकी हुन् ।

प्रहरीका अनुसार भरतपुरमा १९ वर्षीया युवतीले झुन्डिएर आत्महत्या गर्दा फेसबुक लाइभ गरेकी थिइन् । उनी चितवनमा ब्युटी पार्लर र अनलाइन व्यवसायको काम गर्ने गरेको प्रहरीले जनाएको छ । उनको आत्महत्याको कारण खुलेको छैन ।

याे पनि पढ्नुस  पूर्व नासुद्वारा आठौं तलबाट हामफालेर आत्महत्या

केही दिनअघि मात्र दाङमा पनि एक युवतीले फेसबुकमा लाइभ गरेर आत्महत्या गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्