विना मास्क हिँडे कारवाही

जनकपुरधाः जिल्ला संकट व्यवस्थापन समिति धनुषाको आज बसेको बैठकले कारोना महामारीको जोखिम अहिले पनि रहेकाले सुरक्षा सावधानीका लागि मास्क तथा सेनिटाईजर, सावुन पानीको व्यवस्था कडाईका साथ अनुगमन गर्ने निर्णय गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी एवं संकट व्यवस्थापन समितिका अध्यक्ष कोषहरि निरौलाको अध्यक्षतामा आज सम्पन्न भएको वैठकले बजार तथा सार्वजनिक स्थलमा आउदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र नलगाएको पाईएको खण्डमा कारवाही गर्ने निर्णय भएको छ ।

याे पनि पढ्नुस  भारतबाट फर्किएर घरमै लुकेका १ जना गम्भीर विरामी, उपचारका लागि अस्पताल ल्याइँदै

जनकपुरधाम सहित जिल्लाको अन्य बजार क्षेत्रमा मास्क सेनिटाईजर तथा सावुनपानी अनिवार्य रुपमा प्रयोग गर्ने विषयमा जनकपुरधाम उद्योग वाणिज्य संघ तथा धनुषा चेम्बर आप कमर्ससंग यस अघि नै छलफल गरेकाले अव कडाई र कारवाही बढाउने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्